कालिमाटि तरकारी बजारमा ढुवानीको लागि नयाँ कम्पनी

मूलखबर संवाददाता
काठमाडौं, २२ असार

काठमाडौं, २२ असार

देशभरको सबैभन्दा ठूलो फलफूल तथा तरकारी व्यापार गर्ने केन्द्र कालिमाटीमा तरकारी तथा फलफूल ढुवानीको लािग नयाँ कम्पनी अगाडि आएको छ ।

कालिमाटि तरकारी तथा फलफूल भ्यान यातायात सेवा प्रालिको नामा आएको कम्पनीको अध्यक्षमा टंक प्रसाद त्रिपाठी रहेका छन् । त्रिपाठीको नेतृत्वमा कम्पनी रजिष्टार कार्यालयमा दर्ता कायम गरिएको रहेको कम्पनीमा प्रवन्ध निर्देशक पदम लामा रहेका छन् । त्यसैगरी कम्पनीको निर्देशकमा कालिदास श्रेष्ठ र सचिवमा कुमार सिंह तामाङ रहेका छन् । कम्पनीको आर्थिक प्रणालीको जिम्मा लिनेगरी लेखा निर्देशकमा आशाकाजी नायजू राखीएको छ भने संचालक सदस्यहरुमा नारायण कृष्ण श्रेष्ठ र डिल्ली प्रसाद भण्डारी रहेका छन् ।

कम्पनीका प्रवन्ध निर्देशक पदम लामाको अनुसार विगतमा यस क्षेत्रमा काम गरेको कम्पनीले राम्रो काम गर्न नसकेको, आर्थिक प्रणालीलाई चुस्त दुरुस्त पार्न नसकेको र व्यवसायीहरुलाई लाभ हुनेगरी काम गर्न नसकेको कारणले नयाँ कम्पनी दर्ता गर्नु परेको हो ।

लामाले यो यो कम्पनी ऐन २०६३ का सम्पूर्ण मापदण्ड पुरा गरी विधिवत रुप्मा दर्ता गरिएको हो । यसले कालिमाटी फलफूल तथा तरकारी बजार र यस क्षेत्रमा सुलभ र द्रुत ढंगले काम गर्ने योजना बनाइएको बताए । कम्पनीले कुनै पनि व्यवसायीहरुको पीर मर्का र समस्याहरुलाई समाधान गर्नुका साथैं नयाँ योजना र कम्पनीको प्रवर्दनको लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने गरी अगाडि वढ्ने दावी गरिएको छ ।