लकडाउनमा एनअाइसी एशियाकाे अाकर्षक कर्जा याेजना

मूलखबर संवाददाता
काठमाडौं

एनआइसी एशिया बैंकले घर, गाडी र साना उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरसहितको कर्जा योजना ल्याएको छ।

लकडाउन खुकुलो भएपछि बैंकले घर र गाडी कर्जा ल्याएको हो। लकडाउनमा समस्यामा परेका साना उद्यमीलाई सहजीकरणका लागि आकर्षक ब्याजसहितको योजना ल्याएको हो।
८.२५ प्रतिशत ब्याजदरको सुपर चमत्कारिक घर कर्जा योजना ल्याएको छ। यो ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ। बैंकका अनुसार यसमा ०.२५ प्रतिशत प्रशासनिक शुल्क भने लाग्नेछ।

घर तथा अपार्टमेन्ट खरीद, घर निर्माण र घर निर्माणका लागि आवश्यक जग्गा खरीदका लागि ऋण दिने बैंकले जनाएको छ। बैंकका अनुसार पाँच वर्षदेखि अधिकतम ३० वर्ष (मोराटोरियम पिरियड पाँच वर्षसम्म गरि) कर्जाको समयावधि कायम छ। बैंकले अधिकतम डेढ करोड ऋण दिने जनाएको छ।

याे याेजन अन्तरगत बैंकले ५० लाखसम्मकाे  ओभरड्राफ्ट सुविधा समेत लिन सकिने बैंकले जनाएको छ। घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम अवधि  लिन सकिने र सो अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ।

ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको तिर्नसक्ने इएमआइ वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। यो योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले सवारी कर्जा समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले आफ्नो कर्जा स्वाप गर्न पाउनेछन्। बैंकले निजी सवारी साधनका लागि पनि आकर्षक योजना ल्याएको छ।

सुपर चमत्कारिक सवारी कर्जा अनुसार अधिकतम दुई करोडसम्म कर्जा लिन पाइने बैंकले जनाएको छ। सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्ष र सवारी तथा जग्गा धितो राखेमा अधिकतम १५ वर्षको अवधि तोकिएको छ। साना तथा मझौंला उद्यमीलाई लक्षित गर्दै व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने कर्जा योजना ल्याएको छ।

बैंकका अनुसार यस्तो कर्जा सीमा अधिकतम  एक करोडसम्म निर्धारण गरिएको छ ।