संसद अधिवेशन अन्त्य गर्ने सरकारकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं

सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सत्तारूढ दल नेकपाकाे जारी स्थायी समिति बैठकमा प्रधानमन्त्रीकाे राजिनामाकाे माग उठिरहेका बेला हठात् संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरिनुलाई प्रधानमन्त्रीकाे सत्ता लम्व्याउने खेल हुन सक्ने अाशंका गरिएको छ ।