प्रचण्ड निवासमा अाेलीपक्षिय नेता पुगेर के भने ?

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाकाेे विवाद उत्कर्षमा पुगेकाे बेला दुई अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी अाेली अा अाफ्ना तर्फबाट छलफलमा पनि लागेका छन् ।

त्यसै क्रममा अाज  नेकपा अध्यक्ष प्रचण्डकाे निवासमा केपी पक्षिय नेताहरूसहितकाे छलफल भएको छ ।  आफ्नो निवासमा छलफलका लागि आएका केपी ओली समूहका नेताहरुलाई सम्झाउँदै प्रचण्डले  भने– ‘हामीले जे कमजोरी गर्‍यौं, भन्नुहोला । अर्का अध्यक्षले के कमजोरी गर्नुभयो, त्यो पनि भन्नुहोला ।’

विहीबार बिहान प्रचण्डनिवासमा आयोजित छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलका साथै सुवास नेम्वाङ, शंकर पोखरेल लगायतका स्थायी कमिटी सदस्यहरुको सहभागिता थियो । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल पनि थिए ।

छलफलपछि नेता नेम्वाङले पार्टी एकतालाई कायम गर्न र फुटतिर जानबाट राेक्न प्रचण्डलाई अाग्रह गरिएको बताए ।