संसद बैठक शाेक प्रस्ताव पारित गर्न मात्रै

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुन्छ ।’

यसअघि अाजकाे बैठकमा एमसिसिबारे छलफल र निर्णय हुने बताइएको थियाे । सत्तारूढ दल नेकपाकाे स्थायी समिति बैठक जारी रहेकाे तथा सरकारका विषयमा समेत प्रश्न उठेकाे सन्दर्भमा अाजकाे संसद बैठक शाेक प्रस्तावमा मात्रै सिमित हुने भएको हाे ।