
फण्ड बाेर्डद्वारा उपत्यकाका ५ ठाउँमा ह्यान्ड वासिङ स्टेशन जडान
ग्रामीण खानेपानी तथा सरसफाइ काेष विकास समितिले उपत्यकाका विभिन्न ५ स्थानमा ह्यान्ड वासिङ स्टेसन जडान गरेकोे छ ।
काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढिरहेकाे अवस्थामा सार्वजनिक स्थलहरूमा उपभोक्ताहरूकाे स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै ह्यान्ड वासिङ स्टेसन जडान गरिएको काेषका कार्यकारी निर्देशक चाेक प्रसाद धितालले बताउनुभयाे ।
काेभिड १९ इमर्जेन्सी रेस्पाेन्स कार्यक्रम अन्तरगत तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका ५ स्थानमा वासिङ स्टेसन जडान गरिएको काेषका याेजना तथा कार्य संचालन महाशाखा प्रमुख विनाेद धितालले जानकारी दिनुभयाे ।
तारकेश्वर नगरपालिका कार्यालय परिसरमा, स्वास्थ्य केन्द्र धर्मस्थली, तारकेश्ववर नपा नं ६ वडा कार्यालय तथा स्वास्थ्य-शिक्षा विभाग, वडा नं ८ काे वडा कार्यालय तथा स्वास्थ्य केन्द्र र बुढानिलकण्ठ मन्दिर परिसरमा गरी ५ वटा ह्याण्ड वासिङ स्टेसन जडान गरिएकाे हाे ।
वासिङ स्टेशनमा हातले छुनु नपर्ने र खुट्टाले थिचेर एकतिरबाट लिक्विड सावुुन र अर्कोतिरबाट पानी अाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा काेषका कार्यकारी निर्देशक चाेक प्रसाद धिताल, याेजना तथा कार्य संचालन महाशाखा प्रमुख विनाेेद धिताल, मानव संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारी, संचार विज्ञ भरत अधिकारी, तारकेश्वर नगर प्रमुख रामेश्वर बाेहाेरालगायत सहभागी हुनुभएको थियाेे ।
काेषले सार्वजनिक र भिडभाड हुने स्थानहरूमा तत्काल २० वटा ह्याण्ड वासिङ स्टेशनहरू जडान गर्ने याेजना बनाएकाे छ ।
त्यसैगरी काेषले उपत्यका बाहिर अायाेजना संचालन भएका क्षेत्रमा अावश्यक स्थानहरू पहिचान गरि निकट भविष्यमा ह्यान्ड वासिङ स्टेशनहरू जडान गर्ने बताईएकाे छ ।
फण्ड बाेर्डले विगत २५ वर्षदेखि नेपाल सरकार खानेपानी मन्त्रालय अन्तरगत रही विश्व बैंककाे दातृ सहयाेगमा देशभर खानेपानी अायाेजनाहरू सञ्चालन गरिरहेकाेे छ ।
