लकडाउन साउन ७ सम्म थपियाे, उडान पुरै बन्द, अरू खुकुलो

मूलखबर संवाददाता
काठमाडौं

काेराेना संक्रमण राेकथामकाे लागि भनेर गत चैत ११ देखि शुरू गरिएको लकडाउन फेरि लम्बिएको छ ।

सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको हाे ।

साेमबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे ।

उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो ।
साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उहाँले बताउनुभयो ।

लकडाउनमा शिक्षण संस्था, सिनेमा हल, पार्टी प्यालेस, हाेटल, गेष्ट हाउस र  सार्वजनिक यातायातहरू बन्द रहेका छन् । निजि सवारी साधनलाई जाेर विजाेर प्रणालीमा सञ्चालन गरिएको छ । भिडभाड गर्ने खालका विवाह, भेला, सभा, सम्मेलन गर्न राेक लगाईएकाे छ । साे व्यवस्था कायमै हुने भएका छन् ।

लकडाउनकै अवधिमा काेराेनाका कारण २९ जनाले ज्यान गुमाएका छन् भने अात्महत्या गर्नेकाे संख्या १२ सय बढि पुगेको छ ।