
लमजुङका ९७६ खरकाे छानाे विस्थापित गर्न ४ कराेड ८८ लाख
लमजुङका ९७६ वटा खरकाे छाना भएका घरका लागि ४ कराेड ८८ लाख खर्च गरिने भएकाे छ ।
नेकपा मुख्य सचेतक तथा संघिय सांसद देव गुरुङकाे पहलमा शहरी विकास मन्त्रालयवाट लमजुङ जिल्लाका विभिन्न स्थानीय तहमा फुसकाे छानाे (खरकाे छानो) विस्थापित कार्यक्रममा साे बजेट व्यवस्था गरिएको हाे ।
निम्न स्थानीय तहमा यसप्रकार अायाेजना विनियोजित गरिएको छ ।
कुल बजेट- रु. ४ कराेड ८८ लाख
१) बेसीसहर नगरपालिका – १४२ घर
२) सुन्दरबजार नगरपालिका – १६० घर
३) राइनास नगरपालिका – ९३ घर
४) मध्यनेपाल नगरपालिका – १८९ घर
५) दुधपोखरी नगरपालिका – ८३ घर
६) मर्स्याङ्दी गाउँपालिका – ८६ घर
७) दोर्दी गाउँपालिका – ९९ घर
८) क्लहोसोथार गाउँपालिका – १२४ घर
