मर्स्याङदी गाउँपालिकाको आ.व. २०७७/०७८ को बजेट सर्वसम्मतिले पारीत
मर्स्याङदी गाउँपालिकाको आ.व. २०७७र०७८ को गाउँसभामा असार १० गते प्रस्तुत बजेट सर्वसम्मतले पारित भएको छ ।
गाउँपालिका उपाध्यक्ष होम बहादुर विकले प्रस्तुत गर्नुभएको बजेट गाउँसभाले वृहत छलफलपछि सर्वसम्मत पारीत गरेको हो । बजेटमा आय तर्फ ५४ करोड ८८ लाख २ हजार ८ र व्यय तर्फ चालु खर्च तर्फबाट ९ करोड ७ लाख ८४ हजार ८ सय उल्लेख गरिएको छ ।
जसमा आय तर्फ संघिय सरकारको वित्तीय समानीकरण अनुदान रु ८ करोड ५६ लाख, गण्डकी प्रदेश सरकारको वित्तिय समानीयकरण अनुदान रु १ करोड २१ लाख ९२ हजार, संघिय सरकारको राजश्व वाँडफाँडबाट ८ करोड ३५ लाख ९८ हजार ७ सय २३, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट ३८ लाख ९७ हजार, आन्तरिक राजस्व तर्फ ७३ लाख ६३ हजार १ सय १७ , अघिल्लो आ।व। २०७६र०७७ को अनुमानित नगद मौैज्दात रु २ करोड, संघिय सरकार सशर्त अनुदान तर्फ रु २१ करोड १४ लाख , संघिय सरकार तर्फ बिशेष अनुदानबाट रु २ करोड,समपुरक कोष ३६ लाख, प्रदेश सरकार बिशेष अनुदान वपात रु ५० लाख,समपुरक कोष ५० लाख, जलविद्युत रोयल्टी वापत रु १ करोड ७५ लाख ९ सय ६४ मात्र, पर्वतारोहण वापत प्राप्त रोयल्टी रु ३ लाख ३६ हजार २ सय ४६ मात्र, वन पैदावर रोयल्टी रु ५१ हजार ७ सय ५० मात्र, सामाजिक सुरक्षा तर्फ रु ७ करोड २३ लाख १७ हजार मात्र , गरिव सँग विशेश्वर कार्यक्रम तर्फ रु ४ लाख ९५ हजार र एल.जि.सि.डि.पि.तर्फ रु ४ लाख मात्र गरी कुल जम्मा आय ५४ करोड ८८ लाख २ हजार ८ र व्यय तर्फ चालु खर्च तर्फबाट ९ करोड ७ लाख ८४ हजार ८ सय रहेको उपाध्यक्ष विकले बताउनुभयो ।
त्यसैगरी पुँजीगत खर्चतर्फ १६करोड ३४ लाख ६ हजार मात्र विनियोजन गरिएको छ । जसमा शसर्त अनुदान तर्फ २१ करोड १४ लाख, सामाजिक सुरक्षा तर्फ ७ करोड २३ लाख १७ हजार, गरिबसँग विश्वेश्वर कार्यक्रम तर्फ रु ४ लाख ९५ हजार विनियोजन भएको छ । त्यसैगरी प्रदेश र स्थानीय तह क्षमता विकास कार्यक्रम तर्फ रु ४ लाख गाउँपालिका समपुरक कोष तर्फ रु १ करोड गरि जम्मा कुल खर्च रु ५४ करोड,८८ लाख,२ हजार,८ सय विनियोजन भएको छ ।
बजेट प्रस्तुतकर्ता उपाध्यक्ष विकले आर्थिक वर्षका योजनाका मुख्य प्राथामिकताहरु सडक पुर्वाधार, खानेपानी, कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य, उद्यम विकास, सामाजिक,आर्थिक रुपान्तरण र शसक्तिकरण लगायत रहेका बताउनुभयो ।
बजेट पारीत भएपछि विकले सहयोग गर्नुहुने सबै प्रति हार्दिक अभार सहित धन्यवाद प्रकट गर्नुभएको छ । विनियोजित बजेट समयमा गुणस्तर रुपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षको सक्रिय रुपमा सकारात्मक भूमिका रहने विश्वास उहाँको छ ।