नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा जारी, यस्तो छ नेकपाको संरचना
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौँ बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुत्तः अध्यक्षतामा शुरु भएको बैठकमा सरकारका काम कारबाही, विशेष गरी कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भएका काम कारबाहीका विषयमा छलफल भएको छ ।
दुई पटक स्थगित भइ आज बसेको स्थायी समिति बैठकमा हालै नेपालले जारी गरेको लिम्पिाधुरासहितको नक्सा, निशान छाप र नेपाल भुभाग फिर्ताको विषयमा समेत छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
बैठकमा विशेषगरी पार्टी एकताका बाँकी काम पूरा गर्ने र बहुचर्चित र विवादीत बनेको अमेरिकी आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनका विषयमा गम्भीर छलफल हुने सापकोटाले बताए ।
आज बस्ने बैठकले एमसिसि परियोजना स्वीकार गर्ने की नगर्ने निर्णय गर्नेपर्ने बाध्यता छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली एमसिसिलाइ यथास्थितिमै पारित गर्नुपर्ने अडानमा रहेका र अर्का अध्यक्ष प्रचण्डसहितका बहुमत नेताहरु यथास्थितिमै एमसिसि पारित गर्न नहुने अडानका बीच हुन लागेको स्थायी समिति बैठक सर्वाधीक चासोका साथ हेरिएको छ ।
आजको बैठकमा अध्यक्षद्वयले आफ्नो भनाई राखेर बैठकलाई सम्बोधन गरेपछि सदस्यहरुको तर्फबाट एजेण्डामाथि धारणा राख्ने कार्यतालिका छ ।
आज शुरु भएको बैठक केही दिन चल्न सक्ने बताइएको छ ।
यस्तो छ नेकपाको संरचना
केन्द्रीय सचिवालय वरियता :
१. केपी शर्मा ओली (अध्यक्ष)
२. पुष्पकमल दाहाल प्रचण्ड (अध्यक्ष)
३. माधवकुमार नेपाल
४. झलनाथ खनाल
५. बामदेव गौतम
६. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
७. ईश्वर पोखरेल
८. रामबहादुर थापा
९. विष्णु पौडेल (महासचिव)
स्थायी कमिटी -४५ जना
तत्कालिन एमालेबाट – २६ जना
१. केपी शर्मा ओली
२. माधवकुमार नेपाल
३. झलनाथ खनाल
४. बामदेव गौतम
५. ईश्वर पोखरेल
६. विष्णु पौडेल
७. सुवास नेम्वाङ
८. भीम रावल
९. अष्टलक्ष्मी शाक्य
१०. युवराज ज्ञवाली
११. घनश्याम भुसाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वीसुब्बा गुरुङ
१४. भीम आचार्य
१५. गोकर्ण विष्ट
१६. योगेश भट्टराई
१७. शंकर पोखरेल
१८. सुरेन्द्र पाण्डे
१९. किरण गुरुङ
२०. मुकुन्द न्यौपाने
२१. सत्यनारायण मण्डल
२२. छविलाल विश्वकर्मा
२३. विष्णु रिमाल
२४. रघुजी पन्त
२५. बेदुराम भुसाल
२६. रघुवीर महासेठ
तत्कालिन माओवादी केन्द्रबाट – १९ जना
१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा
४. देव गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. हरिबोल गजुरेल
८. अग्नि सापकोटा
९. वर्षमान पुन
१०. शक्ति बस्नेत
११. जनार्दन शर्मा
१२. पम्फा भुसाल
१३. मात्रिका यादव
१४. गणेश साह
१५. लेखराज भट्ट
१६. देवेन्द्र पौडेल
१७. चक्रपाणि खनाल
१८. लिलामणि पोखरेल
१९. मणि थापा
आमन्त्रित सदस्य : ६ जना
एमालेबाट : ४ जना
१. अमृतकुमार बोहोरा
२. केशव बडाल
३. सोमनाथ प्यासी
४. डा.पुष्प कडेल
माओवादी केन्द्रबाट : २ जना
१. अमिक शेरचन
२. पेशल खतिवडा
तस्विर – रासस