नेकपा स्थायी समिति बैठक आज बस्दै : यस्ता छन् एजेण्डा, के होला एमसिसि ?
काठमाडौं, १० असार ।
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज (बुधबार) बस्दैछ । पार्टी एकीकरणको दुई वर्ष वितिसक्दा पनि पार्टीका पार्टीका समिटिहरुको बैठक नियमित हुन सकेका छैनन् ।
यस अघि दुई पटक स्थगित भएको स्थायी समिति बैठक आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने निश्चित भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।
आजको बैठकमा बहुचर्चित एमसिसिबारे विशेष निर्णय लिने गरी एजेण्डा तय गरिएको छ । त्यसैगरी बैठकमा सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने विषयहरुलाई बैठकका एजेण्डासमावेश गरिएको छ । बैठकका एजेण्डा तय गर्न अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मंगलबार बैठक भएको थियो ।
४ असारमा स्थायी कमिटीका सदस्यहरुलाई पठाइएको सूचना फेरि निश्चित गर्न सोमबार पठाइएको थियो। यसपटक भने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो। गएको पुसमा बसेको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो।
बैठक बिहान ११ बजे बोलाइएको छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेकपाको स्थायी कमिटी बैठक गत वैशाख २६ गते र बैसाख ३१ गते बोलाएर पनि स्थगित भएको थियो।
आज बस्ने बैठकले एमसिसि परियोजना स्वीकार गर्ने की नगर्ने निर्णय गर्नेपर्ने बाध्यता छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली एमसिसिलाइ यथास्थितिमै पारित गर्नुपर्ने अडानमा रहेका र अर्का अध्यक्ष प्रचण्डसहितका बहुमत नेताहरु यथास्थितिमै एमसिसि पारित गर्न नहुने अडानका बीच हुन लागेको स्थायी समिति बैठक सर्वाधीक चासोका साथ हेरिएको छ ।