एमसिसिकाे पैसामा राष्ट्र बेच्न सक्दैनाैं – देव गुरूङ

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाका प्रमुख सचेतक देब प्रसाद गुरूङले एमसिसि राष्ट्रघाती सम्झाैता भएको बताउँदै कुनै हालतमा पारित गर्न नहुने दाेहाेर्याएका छन् ।

नेकपा स्थायी समितिकाे बैठक नजिकिँदै गर्दा स्थायी समिति सदस्य समेत रहेका नेता गुरूङले भने – `एमसीसी सम्झौता हाम्रो मुुलुकको सावैभौमिकता र राष्ट्रिय हितको सन्दर्भमा घातक छ ।´ उनले पैसामा राष्ट्रियताको सम्झौता हुन नसक्नेमा जाेड दिँदै एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने बताए । उनले कार्यदलले दिएको प्रतिवेदन पनि अध्ययन गर्ने र कुनै पनि हालतमा इण्डो प्यासिफिक रणनीतिको अंग बन्नेे गरि एमसिसि पारित नगर्नेे बताए ।

उनले थपे, तर, अमेरिकनले एमसीसी भनेको त्यसैको अंग बनाएको छ । पार्टीले गम्भीर छलफल गर्छ, त्यसपछि यसबारेमा निर्णय हुन्छ । अहिलेको अवस्थामा हामी एमसीसीलाई कुनै हालतमा स्वीकार गर्न सक्दैनौं ।

नेकपाकाे स्थायी समिति सदस्यहरू एमसिसिबारे विभाजित छन् ।