शंसाेधन नगरी एमसिसि पारित गरिनुहुन्न : पाैडेल

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य देबेन्द्र श्रेष्ठले शंसाेधन विना एमसिसि पारित गर्न नहुने बताएका छन् ।

पाैैैडेलले  भने-  एमसीसीका बारेमा धेरै चर्चा र बहस भएका छन् । संसदमा सरकारले लगिसकेको छ । तर, पनि यसलाई पार्टीमा छलफल गरेर संस्थागत निर्णयका आधारमा गइयो भने राम्रो हुन्छ । पार्टीले निर्णय गरेपछि सबैले स्वामित्व लिन सकिन्छ । एमसीसीको सन्दर्भमा पनि पार्टीले स्थायी कमिटीबाट उपयुक्त निर्णय गर्नेछ ।

पाैडल अगाडि भन्छन्-  यसमा गुट वा समूह उपसमूहमाथि उठेर छलफल गर्नुपर्छ । पास गर्न हुने वा नहुने भन्ने पार्टीले निर्णय गरेपछि नै भनौंला । बैठकमा हामीले हाम्रा बिचार त राखिहाल्छौं ।

व्यक्तिगतरुपमा भन्ने हो भने सम्झौताका एकाध केही बुँदा कार्यदलले भने जसरी सच्याउनुपर्छ भन्ने लाग्छ । अरु कुरा त पार्टीको निर्णय नै सर्वोपरि हो ।

नेकपाकाे स्थायी समिति बैठक असार १० गतेका लागि तय गरिएको छ ।