रौतहटमा कोरोना संक्रमित १ हजार ९४ पुग्यो

मूलखबर संवाददाता
काठमाडौं, ६ असार

रौतहट जिल्लामा कोभिड(१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या वृद्धि भएर एक हजार ९४ पुगेको छ । जिल्लास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमध्ये सात हजार ७८४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा एक हजार ९४ जना व्यक्तिको रिपोर्ट पोजिटिभ आएको हो ।

परीक्षणमा पाँच हजार ६८१ जना व्यक्तिको रिपोर्ट निगेटिभ तथा एक हजार १०९ जना व्यक्तिको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आरडीटी परीक्षणमा एक हजार १५९ जना व्यक्तिको रिपोर्ट निगेटिभ तथा ११ जना व्यक्तिको रिपोर्ट पोजिटिभ रहेको छ ।

क्वारेन्टाइनमा निगरानीका लागि २३२ महिला तथा तीन हजार ४९४ पुरुष गरी तीन हजार ७२६ जना व्यक्ति रहेको तथा हालसम्म क्वारेन्टाइनबाट सात हजार ३२६ जना व्यक्तिलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामनरेश साहले बताउनुभयो ।

आइसोलेसनमा ३७ महिला तथा ७०५ जना पुरुष रहेको र आइसोलेसनबाट ३५२ जना व्यक्तिलाई फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।