सेनापति र सशस्त्र अाइजिपि किन पुगे कालापानी ?

मूलखबर संवाददाता
काठमाडौं

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (ईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगे । उनीहरू कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न  बुधबार पुगेका हुन् ।

लिपुलेक पुग्ने सडकको भारतले एकतर्फी रुपमा सडक निर्माण गरी उद्घाटन गरेपछि बैशाख ३१ मा सशस्त्र प्रहरीले छाङरुमा बिओपी खडा गरेको थियो ।

यतिबेला सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । उक्त बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटाइएको छ ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका भुमि नेपालकाे नक्सामा हालेर प्रकाशीत र निशाना छाप समेत परिवर्तन गरिसकेपछि सेना र प्रहरी प्रमुख त्यहाँ पुग्नुलाई अर्थपूर्ण मानिएकाे छ ।