काेराेनाले भारतमा ज्यान गुमाउने १२ हजार बढी

मूलखबर संवाददाता
काठमाडौं

विश्वव्यापी महामारीको रूपमा विकास भइसकेको  कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतम कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३४ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या पनि तीन लाख ६६ हजार ९४६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् ।