
इन्टर मिलानलाई हराउँदै नपोली कोपा इटालियाको फाइनलमा प्रवेश
इन्टर मिलानलाई हराउँदै नपोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न सेमीफाइनलको दोस्रो लिगमा इन्टर मिलानले नपोलीलाई १–१ को बराबरीमा रोकेपनि समग्रमा नपोलीले २–१ को जित निकाल्दै फाइनलको लागि स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुमै क्रिष्टियान एरिक्सनको गोलको मद्दतले इन्टर मिलानले महत्वपूर्ण अग्रता बनायो । कर्नरको प्रहारलाई एरिक्सनले गोलमा परिणत गर्नुभएको थियो । ४१ औँ मिनेटमा ड्रिएस मर्टिनले लारेन्जो इन्सिग्नेको पासलाई गोलमा परिणत गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो ।
फाइनलमा नपोलीले उपाधिका लागि युभेन्ट्सको सामना गर्नेछ । उपाधिको खेल बुधबारका लागि निर्धारण गरिएको छ । युभेन्ट्सले एसी मिलानलाई अवे गोलमा पछि पार्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । pic-footyheadlines
