
गण्डकीमा काेराेना – ६ थपिए, २०५ पुगे
गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ५ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ६ जना पुरूषमा संक्रमण पुष्टि भएसँगै संख्या २ सय ५ पुगेको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।
त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।
