७३ जिल्लामा फैलियो कोरोना : ९७४ डिस्चार्ज, ४२५ थपिए, जम्मा संक्रमित ५७६०

मूलखबर संवाददाता
काठमाडौं, ३२ जेठ ।

विश्वव्यापी महामारीको रपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालको ७७ जिल्लामध्ये ७३ जिल्लामा विस्तार भएको छ ।
पूर्वी रुकुममा पनि भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७÷१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमितमध्ये पुरूष ३७५ र ५० जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभएको हो ।

थप एकको मृत्यु

क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।