हेटौंडा उपमाहानगरमालिकालाई अस्ट्रेलिया निवासी नेपालीबाट स्वास्थ्य सामग्री सहयोग

मूलखबर संवाददाता
काठमाडौं

हेटौंडा । हेटौंडा १८ हर्नामाडी घर भइ हाल अस्ट्रेलियामा वस्दै आउनुभएका माण्डबराज कार्कीले हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको छ । नेपाल जनप्रगतिशिल मञ्च अष्ट्रेलियाका पूर्ब अध्यक्ष समेत रहनुभएका कार्कीले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको हो ।
उहाँले पठाउनुभएको स्वास्थ्य सुरक्षा सामाग्री उपमहानगपालिकाका राजनीतिक सल्लाहकार नरहरी महतले मेयर हरिबहादुर महतलाई हस्तान्तरण गर्नुभएको थियो । कार्कीले ज्वरो जाँच गर्ने थर्मल गन १८ वटा, एन ९५ मास्क  र स्यानीटाइजर सहयोग गर्नुभएको मेयर महतले वताउनुभयो ।
कोरोना भाइरसको त्रासको समयमा स्वास्थ्य सुरक्षा सामाग्रीले सहयोग पुगेको छ । प्राप्त सामाग्री हेटौंडाका १९ वटा वडामा रहेको स्वास्थय चौकी, उपमहानगरपालिका, आइसोलेसन, क्वारेन्टीन लगायतका क्षेत्रमा वितरण गरिने उहाँले वताउनुभयो ।