धादिङ सिद्धलेक नलाङका ३८ बर्षका युवामा पनि कोरोना
धादिङको सिद्धलेक गाउँपालिकाका एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सिद्धलेक गाउँपालिका वडा नं २ नलाङका ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोे धादिङ अस्पतालका सुचना अधिकारी बिक्रम विकले जानकारी दिए ।
कोरोना संक्रमीत पुरुषको गत जेठ २७ गते स्वाब संकलन गरी परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौ पठाइएको र आज पिसिआर रिपोर्ट पोजिटिभ आएको समेत विकले बताए । संक्रमित पुरुष हाल सिद्धलेकको क्वारेन्टिनमै रहेका छन् । यससँगै सिद्धलेक गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संङख्या २ पुगेको छ ।
यसअघि सिद्धलेकको वडा नं ५ कुम्पुरकी २३ वर्षिय गर्भवति महिलामा संक्रमण पुष्टि भएको थियो, हाल उनी उपचाररत रहेकी छिन् । यो सँगै जिल्लाभर संक्रमितको संख्या ३१ पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे थियो ।