एसईई परीक्षा नलिने मन्त्रीपरिषदकाे निर्णय, लकडाउनकाे माेडालिटि परिवर्तन

मूलखबर संवाददाता
काठमाडौं

लामाे माैनता र अन्याैलता चिर्दै सरकारले यस वर्षकाे एसईई परीक्षा नलिने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव नभएको निष्कर्षसहित ईसईई परीक्षा नै नलिने निर्णय गरिएको हाे ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र,  त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

त्यसैगरी सरकारले जारी लकडाउनकाे माेडालिटि पनि परिवर्तन गर्ने निर्णय गरेकाे छ । सिसिएमसिकाे लकडाउन टु लुजडाउनकाे माेडालिटि स्विकृत गर्दै पसल व्यवसाय सञ्चालन गर्ने र यातायातमा जाेर विजाेर प्रणालीमा निजि सवारी साधनमात्रै सञ्चालन गर्ने निर्णय गरेकाे छ ।