लिम्पियाधुरासहितको नक्सा र निशाना छाप कायम गर्न संविधान शंसोधन दर्ता, सर्वदलीय सहमति

मूलखबर संवाददाता
काठमाडौं, २७ जेठ ।

सरकारले लिम्पियाधुरा सहितको नेपाली भुभाग समेटिएको नयाँ नक्सालाई निशाना छापमा राख्ने व्यवस्था गर्न संविधान संशोधन गर्ने प्रस्ताव संसदमा दर्ता भएको छ । कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले विधयकमाथि विचार गरियोस भन्ने प्रस्तावमा व्यवस्थापिका संसदमा उपस्थित सांसदहरुले आफ्ना धारणाहरु राखिरहेका छन् ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधयकको समर्थनमा मत व्यक्त गरेको छ । कांग्रेसका संसदिय दलका सचेतक बालकृष्ण खाँडले यसको पक्षमा पारीत गर्नुपर्ने मत राखेका थिए ।

आजको बैठकमा बोल्ने सबै सांसदहरुले लिम्पियाधुरा कालापानी र लिपुलेक नेपालकै भुभाग भएको र सरकारले नक्सा जारी गर्नु प्रशंसनिय कार्य भएको भन्दै समर्थन गरेका छन् । उनीहरुले नक्सा मात्रै जारी गरेर नहुने अब भुमि फिर्ताको लािग कुटनीतिक पहल र वार्ता मार्फत छिटो भन्दा छिटो नेपालको भुभाग उपयोग गर्ने वातावरण बनाउन माग गरेका छन् ।

संसदबाट यो विधयेक सर्वसम्मतले पारित गर्नुपर्ने धारणा पनि सांसदहरुको छ ।