नेपालमा कोरोना : ६८ जिल्लामा फैलियो, ३३३ निको, २७८ थप, जम्मा संक्रमित २९१२
नेपालमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमित २७८ थपिएका छन् । पछिल्लो संख्या थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म ७७ जिल्ला मध्ये ६८ जिल्लामा सङ्क्रमण विस्तार भएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ४३ जना थप डिस्चार्ज भएका र डिस्चार्ज हुनेको संख्या कूल संख्या ३३३ जना पुगेको जानकारी दिनुभयो ।
देवकोटाका अनुसार नया थपिएका संक्रमितहरु सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एकएकजनालाई सङ्क्रमण देखिएको छ । सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलबस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौंका निजी अस्पतालमा उपचारमा रहेका गुल्मी र कास्की स्थायी ठेगाना भएका एकएकजना पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।