कर्णाली प्रदेशमा थपिए २४ घण्टामा १०६ जना संक्रमित, जम्मा २१३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा सङ्क्रमण देखिएका छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार दैलेखमा १०५ जनामा सङ्क्रमण देखिएको छ । मुगुमा पनि एक जनामा कोरोना सङ्क्रमण भएको छ ।
सङ्क्रमित हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन्, जसमा पाँच जना महिला छन् । त्यस्तै, दैलेखको देवलकाँडाका १२ जना, सोतका नौ जना, मानटाकुराका सात जना, साँडुका २ जना, भगनीका पाँच जना, बासकोटका एक जना रहेका छन् । मुगु खत्याडका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि विभिन्न समयमा प्रतिष्ठानमै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्लासहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । आज एकैपटक १०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कुल २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।