भारतमा कोरोनाको रेकर्ड ब्रेक, एकै दिन ८ हजार ९ सय संक्रमित, २१७ को ज्यान गयो

मूलखबर संवाददाता
भारत, २१ जेठ ।

नेपालको दक्षीणी छिमेकी देश भारतमा कोरोना संक्रमित संख्याको दैनिक वृद्धिदरमा नयाँ रेकर्ड कायम भएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेपछि उसको दैनिक कोरोना संक्रमित वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। भने २४ घण्टाको अवधिमा २ सय १७ जनाको ज्यान गएको छ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ।
यीमध्ये १ लाख १ हजार ४ सय ९७ जनामा अहिले पनि उपचाररत छन् भने ५ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्।