कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप

मूलखबर संवाददाता
काठमाडौं

आन्तरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ ।

यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो ।

विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

https://ird.gov.np/Uploads/f18efd0a-4e3e-42b1-8ee3-5ef3848ad0adIRD%20notice%202077.02.21.pdf