जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

आज गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबक्ता  देवकोटाले दिएको जानकारी अनुसार हाल सम्म २ सण् ६६ जना उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् ।

आज थपिएका सहित नेपालमा कूल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने ६१ जिल्लामा संक्रमण विस्तार भएको छ ।