
गृह मन्त्रालयद्वारा १२ सिडिओसहित ४४ उच्च अधिकृतहरुको सरुवा, को कहाँ (सूचीसहित)
गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित ४४ उच्च अधिकृतहरुको सरुवा गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको जानकारी गराएको छ ।
सोमबार प्रकाशित सरुवा सूची अनुसार ओखलढुंगा, संखुवासभा, पाल्पा, महोत्तरी, सुर्खेत, रोल्पा, कालिकोट, डोटी, बर्दिया, दार्चुला, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु रहेका गृहको दावी छ ।
हेर्नुहोस सूची
