बढ्दैछ कोरोना संक्रमण, सतर्कता अपनाऔं, आज थपिए १ सय ६६, जम्मा १५६७

मूलखबर संवाददाता
काठमाडौं, १८ जेठ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट गत २४ घण्टामा १ सय ६६ जनाको पुष्टि भएको छ । यस सँगै नेपालमा कूल संक्रमितको संख्या १५६७ पुगेको छ

आज अपरान्ह स्वासथ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । आरडिटि र पिसिआर परिक्षण्को दर तिब्र गतिमा बढाइरहँदा संक्रमणको दर पनि बढिरहेको छ ।

यसैगरी कूल २ सय २० जना उपचार पछि निको भएर घर फर्केका छन् । कोभिड १९ बाट निधन हुनेको संख्या पनि बढेको छ । आज सम्म ८ जनाले कोरोनाकै कारणबाट ज्यान गुमाएका छन् ।

सरकारले कोरोना संक्रमणको रोकथामको लागि भन्दै गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन सातौंपटक थप गर्ने निर्णय सरकारले गरेको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले जेठ ३२ सम्म लकडाउन थप्ने र असार १३ सम्म विमानस्थलमार्फत हुने वायुसेवा पनि बन्द गर्ने निर्णय गरेको छ ।