फेरि थपियाे लकडाउन जेठ मसान्तसम्म, विमानस्थल असार १३ सम्म बन्द

मूलखबर संवाददाता
काठमाडौं

सरकारले फेरि लकडाउन थप्ने निर्णय गरेको छ। सरकारले  जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हाे ।

शनिबार साँझ प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले साताैंपटक लकडाउन थप्ने निर्णय गरेको हाे ।

त्यसैगरी असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । लकडाउन मात्रै समाधान नभएको भन्दै माेडालिटि परिवर्तन गर्नुपर्ने माग बढिरहेका बेला सरकारले भने अझै लकडाउन थपेकाे भन्दै अालाेचना भएको छ ।