नेपालमा कोरोना : १ सय ८३ निको भएर डिस्चार्ज, नयाँ संक्रमित ११४, जम्मा ८८६

मूलखबर संवाददाता
काठमाडौं, १४ जेठ

नेपालमा कोरोना संक्रमणको दर सय नाघेको छ । आज एकै दिनमा ११४ मा संक्रमण पुष्टि भएसँगै एकैदिनमा पुष्टि भएको संक्रमण आजसम्मकै उच्च हो ।

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी, थप २८ जना डिस्चार्ज हुनुभएको हो । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । अहिलेसम्म ६९९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा रहेर उपचार भइरहेको छ । कुल ४६४ जना रेड जोनमा रहेका छन् भने मृतक सङ्ख्या चार पुगेको छ ।