उपराष्ट्रपतिलाई नयाँ नक्सा : `ऐतिहासिक र गाैरवपूर्ण´-उपराष्ट्रपति पुन

मूलखबर संवाददाता
काठमाडौं

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लिम्पियाधुरा, कालापानी सहितकाे नयाँ नक्सा सार्वजनिक गौरवपूर्ण र ऐतिहासिक निर्णय भएको बताउँदै त्यसका  लागि सरकारलाई धन्यवाद दिनुभएकाे छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेपछि साे धारणा व्यक्त  गर्नुभएको हाे ।

शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृहमा माननीय मन्त्रीले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सम्माननीय उपराष्ट्रपतिलाई प्रदान गर्नुभएको हो ।

सो अवसरमा सम्माननीय उपराष्ट्रपतिले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिनुभयो ।