काेराेनाले समस्यामा परेका नेपालीलाई कतारी सरकारले दियाे १ कराेड ६० लाखकाे सहयाेग

मूलखबर संवाददाता
काठमाडौं

नेपालकाे मुख्य श्रम गन्तव्य बनेको कतारमा काेराेना भाइरसकाे संक्रमणबाट नेपालीहरू प्रभावित हुने क्रम बढिरहँदा समस्या पनि थपिरहेका छन् । लकडाउनका कारण कम्पनी र राेजगारदाता प्रतिष्ठान बन्द भएपछि राेजगारी गुमेर समस्यामा परेका नेपालीका लागि कतार सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको छ ।

कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको हाे  । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताउनु भयो ।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको जानकारी गराउनु भयो ।

कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी दिनु भएको छ । ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको कतारको स्वास्थ मन्त्रालयले जनाएको बारे राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्षले अवगत गराउनु भएको छ ।

यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।

एनआरएनए कतारको प्रेस विज्ञप्ति

बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखापरेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त आज २२ मे २०२० का दिन ५००० श्रमिकहरुको लागि खाद्यान्नको राहत प्याकेज प्राप्त गरिएको सम्पूर्ण सबैमा जानकारी गराऊछु।

यो राहत प्याकेज उपलब्ध गराऊने क़तार सरकार, गृह मन्त्रालय तथा क़तार चारेटि का सम्पूर्ण पदाधिकारी हरूमा हार्दिक आभार प्रकट गर्दछु।

साथै प्राप्त राहत प्याकेज भण्डारण ब्यवस्थापनका लागि सहयोग गरिदिनुहुने नेपाली दूतावासका महामहिम ड़ नारद नाथ भारद्वाज ज्यु लगायत दूतावास परिवार प्रती विशेष धन्यवाद सहित आभार प्रकट गर्दछु।

यस राहत प्याकेज लाई भण्डारण गर्न खटिनुभएको आईसीसी मध्य पुर्ब संयोजक Prabin Gurung ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, उद्दार तथा राहत वितरण समिति संयोजक प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, महासचिव Padam Giri ज्यु, सचिवालय सदस्य Naresh Shrestha ज्यु, कार्यसमिती सदस्य Arshad Khan ज्यु, Jhabindra Acharya ज्यु, Gajendra Khaling Rai ज्यु, आईसीसी टास्क फ़ोर्स सदस्य Purna Bahadur ज्यु, Samir Kc ज्यु, Suman Bharati ज्यु, Krishna Panthi ज्यु, Ananda Subedi ज्यु रमेश क्षेत्री ज्यु, रामू हमाल ज्यु, पद्म बहादुर रानाभाट ज्यु, उद्दार तथा राहत वितरण समितिको सदस्य ज्यु हरू लगायत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार