कोरोना कहर : थपिए बैतडी र डडेलधुरा, अब संक्रमित जिल्ला ४०, संक्रमित ५०७ जना

मूलखबर संवाददाता
काठमाडौं, ९ जेठ

नेपालमा कोरोना संक्रमण भएका जिल्लाको संख्या ४० पुगेको छ भने जम्मा संक्रमित ५ सय ७ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यस अघि आजै ३० जना संक्रमित थपिएर संख्या ४८७ पुगेको थियो ।