निशाना छापमा नयाँ नक्सा राख्न संविधान संशोधन प्रस्ताव दर्ता

मूलखबर संवाददाता
काठमाडौं, ९ जेठ ।

नेपालको राष्ट्रिय निशाना छापमा भर्खरै जारी गरिएको लिम्पियाधुरासहितको नयाँ नक्सा राख्न संविधान शंसोधन प्रस्ताव दर्ता भएको छ ।
आजै बसेको मन्त्रीपरिषद बैठकले निशाना छापमा भएको व्यवस्था परिवर्तन गर्ने निर्णय गर्दे संविधान शंसोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो। संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालको उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।
सिमा विवादका सम्वन्धमा प्रमूख प्रतिपक्षीद ल नेपाली कांग्रेस सहितका सबै दलले एकै धारणा सार्वजनीक गरिरहेका कारण संविधान संशोधन प्रस्ताव एकमतले पारित हुने विश्वास सरकार र सत्तापक्षको छ ।