कोरोना कहर : थपिए १७ जना, झापामा मात्रै १५, जम्मा पुगे ४४४

मूलखबर संवाददाता
काठमाडौं, ८ जेठ

विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट झापामा मात्रै २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो परीक्षण रिपोर्ट अनुसार देशभर थप १७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४४४ पुगेको छ । थप सङ्क्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् ।

आज थप सङ्क्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीया महिला रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।