परदेशका नेपालीसँगकाे बैठकपछि बाबुरामले लेखे-`सरकारकाे चेत खुलाेस्´
काेराेना महामारीको संक्रमणले विश्व अाक्रान्त छ । विश्वभर रहेका नेपालीहरू पनि अाक्रान्त र भयभित छन् । नेपालभित्र भन्दा बाहिर बढि समस्यामा नेपालीहरू परेका खबर अाइरहेका छन् । विशेष गरि खाडि, मध्यपुर्व र मलेशियामा राेजगारिका सिलसिलामा गएका नेपालीहरूकाे पीडा धेरै छ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मध्यपुर्व र मलेसियामा रहेका श्रमिक नेपाली र प्रतिनिधिहरू सँग कुरा गरेपछि नेपालकाे सरकारकाे अालाेचना गरेका छन् ।
विशेष गरि प्रधानमन्त्री के पि अाेलिले संसदमा गरेकाे संवाेधनमा विदेशमा रहेका नेपालीको उद्वार प्रक्रियाबारे व्यक्त गरेकाे धारणाले विदेशमा रहेका नेपालीको मन दुखाएकाे र अाक्राेशित भएको उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन् – विदेशमा रहेका नेपालीहरूप्रति प्रधानमन्त्रीको असंवेदनशील अभिव्यक्ति र सरकारको आलटाल प्रवृत्तिवारे गम्भीर आक्रोश देखियो!
उनले मध्यपूर्वमा मात्रै १५ नेपालीको ज्यान गएको, डिप्रेशनबाट ४ जनाले आत्महत्या गरेको, १०/१२हजारलाई तुरून्तै उद्धार गर्नुपर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन् –
मध्य पूर्व र मलेशियाका नेपाली श्रमिक प्रतिनिहरूसंगको Zoom सम्बादमा विदेशमा रहेका नेपालीहरूप्रति प्रधानमन्त्रीको असंवेदनशील अभिव्यक्ति र सरकारको आलटाल प्रवृत्तिवारे गम्भीर आक्रोश देखियो!
मध्यपूर्वमा मात्रै १५ नेपालीको ज्यान गएको, डिप्रेशनबाट ४ जनाले आत्महत्या गरेको, १०/१२हजारलाई तुरून्तै उद्धार गर्नुपर्ने, कुवेतमा ३५०० जनालाई त्यहाँको सरकारले फिर्ता गर्न अस्थायी क्याम्पमा राखेको, गर्भवती/दीर्घरोगी/विद्यार्थीको समस्या बढी गम्भीर रहेको, भिसा/करार/रोजगारी समाप्त भएकाहरूलाई मलेशियाले एक महिनाभित्र र यूएईले तीन महिनाभित्र फर्कने आदेश दिएको, आदि बुझियो!
सरकारको चेत छिटो खुलोस् !