कोरोना : विश्वभर ३४ लाख बढि संक्रमित, १७ लाख निको भए, ३ लाख बढिले ज्यान गुमाए
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख ३४ हजार ६७३ पुगेको छ। पहिचान भएका संक्रमितमध्ये हालसम्म १७ लाखले उपचार पछि निको भएर घर फर्किएका छन् भने तीन लाख सात हजार १०८ जनाको ज्यान गएको छ।
चिनको वुहानबाट गत वर्ष अक्टोबरबाट शुरु भएको यो भाइरसको संक्रमणले अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९२४ जना संक्रमित भेटिएका छन् भने त्यहाँ ८७ हजार ४९३ जनाको ज्यान गएको छ । संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ। त्यहाँ दुई लाख ६२ हजार ८४३ जना संक्रमित भेटिएकामा दुई हजार ४१८ जनाको मृत्यु भएको छ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८२ हजार मानिसमा संक्रमण देखिएको छ। त्यहाँ दुई हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ।
युरोपिय देशहरुमध्ये सबैभन्दा वढि क्षती व्यहारेको बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।