ग्लोबल आइएमई बैंकद्वारा चौमासिक प्रतिवेदन सार्वजनीक, २ अर्ब ७० करोड नाफा
ग्लोबल आइएमई बैंकले तेश्रो चौमासिक प्रतिवेदन सार्वजनीक गरेको छ । बैंकले सार्वजनीक गरेको प्रतिवेदन अनुसार चौमासिकमा खुद २ अर्ब ७० करोड २६ लाख नाफा गर्न सफल भएको छ यो नाफा अघिल्लो आर्थिक वर्षको यसै चौमासिकको भन्दा करिब १ अर्ब बढि हो । यस अवधिमा बैंकले २ खर्ब ६४ अरबको कारोबार गरेको बताएको छ ।
लकडाउनका कारण देखाउँदै अनइ बैंकहरुले घाटा भएको वा नाफा घटेको प्रतिवेदन सार्वजनीक गरिरहेका बेला ग्लोबल आइएमइ बैंकले भने सन्तोषजनक अवस्था रहेको स्पष्ट पारेको छ ।
ग्लोबल आइएमई बैंकले २ सय ५८ वटा शाखाहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १ CDS & Clearing काउण्टर, २३ राजश्व संकलन काउण्टर, २ सय ४९ शाखारहित बैंकिङ्ग सेवा केन्द्र साथै २ सय ४५ वटा एटिएमको सञ्जालहरु मार्फत ७ वटै प्रदेशमा सेवा प्रदान गर्दै आएको छ । बैंकको अष्ट्रेलियाको सिड्नी, भारतको नयाँ दिल्ली तथा संयुक्त अधिराज्य (United Kingdom) को ह्याम्पशायरमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहिआएका छन् ।
गत चैतसम्म बैंकको नाफा वृद्धिदर ऋणात्मक रहे पनि ९ वटा बैंकले २ अर्बभन्दा बढी नाफा कमाएका छन् । तीमध्ये नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ । गत आवको तेस्रो त्रैमासको तुलनामा ती दुवै बैंकको खुद नाफा घटेको हो । यस्तै, ग्लोबल आईएमई, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, हिमालय, कृषि विकास बैंक र प्राइम बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये ग्लोबल आईएमई र प्राइम बैंकको नाफा यो वर्ष मर्जर तथा एक्विजिसनका कारणले बढेको हो । गत वर्ष दुवै बैंकको नाफा २ अर्बभन्दा कम थियो । बाँकीमध्ये १४ वटाको नाफा १ अर्ब रुपैयाँभन्दा धेरै छ भने ४ वटाको नाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।
यो अवधिमा बैंकहरूको निक्षेप संकलन औसत १६.७१ र कर्जा प्रवाह औसत १६.४७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म २२ बैंकको सेयर धनीको प्रतिफल (आरओई) घटेको छ भने ५ वटाको थोरैले बढेको छ ।
सबै बैंकहरूले चैतसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यसमा २० दिन लकडाउनको अवधिमा भएको कारोबार पनि समेटिएको छ । यसकारण लकडाउनका कारण मात्र नाफा घट्यो भन्ने अवस्था नरहेको जानकारहरू बताउँछन् । बैंकहरूबीच भएको प्रतिस्पर्धा र केही मात्रामा लकडाउनको असरले खुद नाफा खुम्चिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ । ‘तेस्रो त्रैमाससम्म लकडाउनको २० दिन मात्र समावेश छ,’ उनले भने, ‘यसकारण आउँदा त्रैमासमा बैंकको नाफा झनै घट्ने देखिन्छ ।’