कतारमा मास्क नलगाई बाहिर निस्केमा ३ वर्ष जेल सजायाँ, ६० लाख जरिवाना
दोहा, १ जेठ
कोरोना भाइरसको महामारीबाट बच्न कतार सरकारले कडा नियम अगाडि ल्याएको छ । नागरिकहरुले मास्क नलगाई बाहिर हिँड्न थालेपछि सरकारले मास्क नलगाई बाहिर निस्कन नपाउने र त्यसरी निस्केमा ३ वर्ष जेल र २ लाख जरिवाना लगाउन सक्ने गरी नियम सार्वजनीक गरेको छ ।
रास्ट्रीय मानबअधिकार आयोग कतारका नेपाल प्रतिनिधि प्रो रम्जान अलि मियाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय बमोजिम अब आउदो आइतबार अर्थात १७ मे सन २०२० बाट कतारमा यहाँका नागरिक एवं यहाँ बसोबास गर्ने सम्पुर्ण माथी मास्कको प्रयोगलाइ अनिवार्य गरिएको छ। मियाँले आफ्नो क्याम्प अथवा निवास बाट कुनै पनि उदेश्य सहित बाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने जानकारी गराएका छन्।
तर, एकल रुपमा सवारी साधन चलाउदा भने यो अनिवार्य रहेको छैन। यस नियमको उलंघन गरेको पाइएमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम सरुवा रोग निवारण तथा रोकथाम सम्बन्धिको नियमनुसार कार्वाही हुने बताइएको छ।
यो सजाय भनेको ३ बर्ष सम्म कैद सजाय र अधिक्तम दुई लाख कतारी रियाल अर्थात ६० लाख नेपाली रुपैयाँ सम्म जरिवाना हुने गरि हुनेछ।अथवा दुई सजाय मध्ये एक सजाय हुने कानुनी प्रावधान रहेको छ।
तसर्थ कतारमा रहेको नेपाली समाजका सम्पुर्णमा यस नियमको कडाइका साथ पालना गर्न गराउन मियाँले अनुरोध गरेका छन । उनले सबै नेपालीलाई कानुनको रक्षा गरे कानुनले सबैको सुरक्षा गर्ने बताएका छन् ।