
उदयपुरको भुल्केका थप एक महिलामा कोरोना संक्रमण, जम्मा ११० पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । लकडाउन पछिल्लो पटक थपिएपछि उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएसँगै अब नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ सय १० पुगेको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।
आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।
योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलीअस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।
