अखिल नेपाल किसान महासंघद्धारा भारतले कालापानीमा गरेको सडक निर्माणको विरोध

मूलखबर संवाददाता
काठमाडौं, २७ बैसाख

सत्तारुढ नेकपा निकट अखिल नेपाल किसान महासंघले हालै भारतले नेपालको कालापानी क्षेत्रमा चिनको मान सरोबर जोड्ने ८० किमि सडक निर्माण गरेको घटनाको घोर भत्र्सना गरेको छ ।
महासंघका संयोजक हरि पराजुली र सह संयोजक चित्र बहादुर श्रेष्ठले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा भारतका रक्षामन्त्री श्री राजनाथ सिंहले चीनको सीमाहुँदै मानसरोवर जोड्ने गरी भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रसहित कुटी, कालापानी, नाभिढाङ हुँदै लिपुलेकसम्मको नेपाली भूमि मिचेर बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) द्वारा निर्माण गरी ‘कैलाश मानसरोवर यात्रा मार्ग’को रुपमा प्रचार गरिएको झण्डै ८० किलोमिटर सडक उद्घाटन गरिएको घटनाप्रति भत्र्सना गर्दै सरकारले जनतासाग् माफी मागी कुटनीतिक पहलमार्फत अगाडि वढ्न अपील गरेको छ । त्यसैगरी महासंघले सार्वभौमीकता रक्षको लागि वलिदान दिन तयार भएको पनि बताएको छ ।

विज्ञप्तीमा यो घटना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि चुनौतीपूर्ण हस्तक्षेप तथा आक्रमण भएको र सन् १८१६ मा भएको सुगौली सन्धि विपरीतको यो कदम नेपाल–भारत बिचको कुटनीतिक तथा दौत्य सम्बन्धमाथिको गम्भीर प्रहार समेत भएको हाम्रो निष्कर्ष रहेको बताएको छ ।

सोही सन्दर्भमा अखिल नेपाल किसान महासंघद्वारा प्रेस वक्तव्य जारी

अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति

मितिः २०७७ बैशाख २७ गते

प्रेस वक्तव्य

भारतका रक्षामन्त्री श्री राजनाथ सिंहले चीनको सीमाहुँदै मानसरोवर जोड्ने गरी भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुला जिल्लाको गुञ्जी क्षेत्रसहित कुटी, कालापानी, नाभिढाङ हुँदै लिपुलेकसम्मको नेपाली भूमि मिचेर बोर्डर रोड अर्गनाइजेसन ९बिआरओ० द्वारा निर्माण गरी ‘कैलाश मानसरोवर यात्रा मार्ग’को रुपमा प्रचार गरिएको झण्डै ८० किलोमिटर सडक उद्घाटन गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो घटना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि चुनौतीपूर्ण हस्तक्षेप तथा आक्रमण हो । सन् १८१६ मा भएको सुगौली सन्धि विपरीतको यो कदम नेपाल–भारत बिचको कुटनीतिक तथा दौत्य सम्बन्धमाथिको गम्भीर प्रहार पनि हो ।
तसर्थ नेपालको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुको प्रतिनिधित्व तथा नेतृत्व गर्ने देशको सबैभन्दा विशाल किसान संगठनको रुपमा अखिल नेपाल किसान महासंघ यस घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै भारत सरकारको यो एक पक्षीय हस्तक्षेपकारी हर्कतको घोर निन्दा तथा भत्र्सना गर्दछ । भारतीय पक्षलाई नेपाल र नेपाली जनताको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न र सो सडक अबिलम्व बन्द गरी नेपाल–भारतका लिम्पियाधुरा, कुटीयाङ्दी, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, पशुपतिनगरसहितका सम्पूर्ण सीमा विवादहरु अबिलम्व वार्ताद्वारा समाधान गर्न अपिल गर्दछ ।
छिमेकी भारतले यति लामो सडक मार्ग तयार गरी उद्घाटन गरिसक्दा समेत कुनै जानकारी प्राप्त नगर्नु वा जानकारी प्राप्त गरेर पनि सोप्रति विरोध जनाउन नसक्नुले नेपाल सरकार नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डताप्रति गम्भीर हुन नसकेको सन्देश दिएको छ भने राष्ट्रभक्त नेपाली जनताको मनमा गम्भीर आशंका उत्पन्न हुन पुगेको छ । तसर्थ हामी नेपाल सरकारसँग कुटनीतिक क्षेत्रमा देखिएको आफ्नो कमजोरीप्रति याचना गरी आम नेपाली जनतासँग माफी माग्दै भारत सरकारको यो एकपक्षीय हैकमवादी प्रवृत्तिको विरोधमा तत्कालै प्रोटेस्ट नोट जारी गर्ने र कुटनीतिक पहलद्वारा सम्वाद आरम्भ गरी नेपाली भूमिभित्रको सडकखण्डमा नेपाल सरकारको स्वामित्व कायम हुने वैधानिक लिखत गरी सार्वजनिक गर्न जोडदार माग गर्दछौँ । यसका साथै भारतसँगका सम्पूर्ण सीमा समस्याको दीर्घकालीन समाधान गर्न र भारतद्वारा मिचिएको सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन अनुरोध गर्दछौँ ।
नेपाली बहुसंख्यक जनताको प्यारो तथा राष्ट्रभक्त किसान संगठनको रुपमा नेपालको गुमेको भूमि फिर्ता लिन र नेपाली जनता तथा नेपाल राष्ट्रको सार्वभौमसत्ता रक्षा गर्न हामी जनुसुकै बलिदान गर्न पनि तयार रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

क्रान्तिकारी अभिवादन सहित ।

हरि पराजुली
संयोजक

चित्रबहादुर श्रेष्ठ
सहसंयोजक