नेकपा सचिवालय बैठक सकियो, प्रधानमन्त्रीद्वारा आत्मालोचना, स्थायी समिति बैठक २५ गते

मूलखबर संवाददाता
काठमाडौं, २० बैसाख ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले स्थायी समितिको बैठक २५ गते गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रबक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष के पी शर्मा ओलीले विगतका काम कार्वाही प्रति आत्मालोचना गर्दै आगामी दिनमा पार्टीको नीति विधि र पद्धतिअनुसार सल्लाह गरेर सरकार सञ्चालन गर्ने बताएका थिए ।

त्यसैगरी बैठकले स्थायी समिति अगाडि एजेण्डा तय गर्न २४ गते सचिवालय बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी उपाध्यक्ष बामदेब गौतमलाई उपयुक्त समयमा निर्वाचनमार्फत प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको छ ।

पार्टीका अर्का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्चि प्रधानमन्त्रीसँगै राखेर संयुत्त अध्यक्षतामा आयोजित बैठकमा माधव नेपाललाई पार्टीको तेश्रो अध्यक्ष बनाउने विषयमा भने कुनै निर्णय गरेन ।

-स्थायी समिति बैठक २५ गते
-सचिवालय बैठक २४ गते
-प्रधानमन्त्रीद्वारा आत्मालोचना
-बामदेवलाई उपयुक्त समयमा प्रतिनिधि सभा निर्वाचनमार्फत सांसद बनाउने