
जंगली भालुको आक्रमणबाट रामसिं मोक्तान घाइते
मनहरी गाउँपालिका वडा नं ४ मकवानपुरका रामसिं मोक्तान जंगली भालुको आक्रमणमा परि घाइते भएका छन् । आज दिउँसो बाटोमा हिडिरहेका समयमा भालुको आक्रमणमा परेका मोक्तानलाई गाउँलेहरुले भालुको पञ्जाबाट छुटाएर चितवन स्थित मेडिकल कलेज पुर्याएका थिए ।
गहिरो चोट लागेका मोक्तानको चितवन मेडिकल कलेजमा उपचार भईरहेको अस्पतालमा रहेका गणेश थापाले बताए ।
आर्थिक अवस्था कमजोर भएका ५८ वर्षिय मोक्तानको उपचारका लागि सहयोगको आवश्यकता रहेको उनले बताए । यतिबेला लकडाउनका समयमा जंगली जनावरहरु मानववस्ती वरपर आउने र मानिसहरु माथि आक्रमण हुने क्रम बढीरहेको छ ।
