मजदुरलाई नगद ५ हजारसहित राहत दिनुपर्छ
अाज मइ १, मजदुर दिवस । अाज भन्दा १३१ वर्ष पहिले अमेरिकाकाे सिकागाे शहरमा कार्यरत श्रमिक मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा अारामकाे माग गर्दै शुरू भएको मजदुर अान्दोलनकाे सम्झनामा मइ दिवस मनाईँदै अाइएकाे हाे ।
अहिले कोरना भाईरसको कारणले विश्वभर १ अरब मजदुर राेजगारविहिन बनेका छन् । नेपालमा पनि लाखाैं मजदुर बेराेजगार बनेका छन् ।
बिगत बैसाख ९ गते देखि कोरना भाईरसको कारनले लकडाउनमा परि बेरोजगार बनेका मजदुरहरू र तिनका परिवारहरु भोक भोकै मर्ने अवस्था भएको छ। यो बिचमा सरकारका स्थानीय निकायले बितरण गरेका र केही सहयोगी हातहरुले बितरण गरेका राहतहरु अब्यबस्थित र राहातका नाममा उनिहरुको भावना र मर्म माथि चोट पुर्याउने खालाका मात्र रहे । ५ जनाको परिवारलाई ५ के जि चामल र २ के जि दाल दियर करिब डेढ महिना कसरी बाचे होला त्यो पनि नगरिकता र नागरिकताको फोटोकपी नहुनेले पाउन सकेनन् । ठिक ढंगले मजदुरको पहिचान पनि गरियन र पहुच नपुग्ने मजदुरले पायनन् साधै स्थानीय सरकारले स्थानीयवाद पनि प्रयोग पनि गरेका छन् ।
सरकारले स्थायी मजदुरलाई यो अबधिमा न्युनतम् तलब सुबिधा दिने गरि सार्वजनिक बिदा कायम गरेता पनि अस्थायी नियुक्ति ,करार पिसरेटमा काम गर्ने र दैनिक ज्यालादारी मजदुरहरूको हकमा कुनै निर्णय गरेको छैन ।यस्ता मजदुर र असंगठित मजदुरहरुको संख्या नेपालमा अत्यधिक छ र अहिले समस्या ग्रस्त मजदुरहरू पनि तिनै हुन । तिनै मजदुहरु नै रातारात गरि पैदलमार्ग पर्योग गरि गाउँ फर्केका हुन् तिनिहरुको गाउमा पनि अोत लाग्ने झुपडी बाहेक केही छैन अझै कतिको त त्यो पनि छैन ।सरकार गाउमा गयर खेति गर भन्छ कयौंको एक टुक्रा जमिन पनि छैन । लकडाउन हटेता पनि यिनले तुरुन्त काम पाउने र कार्य स्थलमा पुग्ने अबस्था पनि छैन त्यसैल अनिहरुको अाकडा तयारपारीे सरकारले तत्कालै विशेष राहत प्याकेज घोषणा नगर्ने हो भने मजदुरहरुको स्थित दयनीय हुने त छदैछ देशमा कम्युनिस्टको सरकार छ भन्नु पनि गलत हुन जान्छ ।
यसरी मर्कामा परेका मजदुरलाई तत्कालीन ३ जनाको परिवार संख्या बराबर १ बोरा चामल ,५ के.जी दाल , १ लि तेल,१ पोका नुन,र माक्स सेनिटाजरसाबुन लगाएतका सामाग्री प्रदान गर्नु पर्ने माग मजदुर नेताले माग गरेका छन् । पुर्व मजदुर नेता रामकुमार कार्कीले उनीहरुको स्थिति सहज बनाउन प्रति ब्यक्ति परिवार संख्या हेरेर कम्तीमा ५ हजार नगद राहात घोषणा पनि सरकारले प्रदान गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले पनि मजदुरलाई विशेष सहायता प्याकेज दिनुपर्ने बताएका थिए । उनले सरकारलाई समेत साे काे लागि निर्देशन समेत दिइसकेका छन् ।