
नेकपाका नेताहरुलाई एक सुभचिन्तकको पत्र : प्रिय नेताज्युहरु होस नगुमाउनुहोस !
नेकपाका प्रिय शिर्ष नेतागण !
देश नै महामारीको चपेटामा फसिरहेको जटिल अवस्थामा तपाईहरुले आफ्ना गुट उपगुटहरुको टिम बाँडेर सत्ता र शक्ति स्वार्थको फोहोरी खेल खेलेको देख्दा कसलाई के नपचेको भन्ने नेपाली उखान चरितार्थ भएको भान हुदैछ।
तपाईँहरुलाई पक्कै थाहा छ तपाईँहरुले बाँडेको सुनौलो र सम्वृद्ध नेपालको सपना देखेर तपाइँहरुलाई मतदान गरेको मजदुरको छाक टार्ने बाटो बन्द हुदैछ। कैयौं जनता विदेशमा रहेका आफ्ना सन्ततीको लास पनि देख्न नपाईने हो की भनि छाती जलाएर बसिरहेका छन।
देश निर्माणको जिम्मा तपाईलाई दिएर मुग्लान पसेका लाखौ युवाहरू अन्धकार भविश्य प्रति तडपिरहेका छन।तर तपाईहरू एउटा पागल प्रेमी झै सत्तामोहमा डुबिरहनू भएको छ।
यसले फेरी एकपटक कम्युनिष्टहरुको फुट गुट र उपगुटको चरित्र चित्रण गरेको छ। एकपटक सोच्नुहोस त के यो खेल यस्तो महामारीमा सान्दर्भिक छ ? नेपाली जनता र तपाईका शुभेच्छुकहरूलाई पाच्य हुन सक्ला ? यो देख्दा यस्तो लाग्छ की मर्ने वेलामा कमिलाको प्वाँख आउन लागेको हो की ? समय धेरै ढिलो भईसकेको छ । प्रिय नेता ज्युहरु होस नगुमाउनुहोस् उन्माद नदेखाउनोस् ।
छिटो भन्दा छिटो रहको भुमरीबाट बहिर निस्कनुहोस्, एकपटक छातीमा हात राखेर जनतासँग गरेका वाचा कसम सम्झीनुहोस् र निकासको बटो पहिल्याउनुहोस्। होईन भने तपाईहरु कहिल्यै जीत्न नसक्ने गरी सदाका लागी हार्दै हुनूहुन्छ।
(सापकोटाको वालबाट)
