कोका-कोलाद्वारा कोभिड-१९ मा फ्रन्टलाईनमा काम गर्नेलाई रु ८ करोड सहयोगको घोषणा
बहुराष्ट्रिय कम्पनी कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई सहयोग स्वरुप रु ८ करोड प्रदान गर्ने घोषणा गरेको छ ।
कोकाकोलाले आज एक विज्ञप्ति जारी गर्दै १ लाख भन्दा बढि फ्रन्टलाइनर सहित स्वास्थकर्मी, आपतकालिन कामदार तथा सुरक्षाकर्मीहरु, वेस्ट वर्कर र ठुलो संख्यामा समुदायको जीविकोपार्जनमा सहयोेग गर्ने पहलवरुप सो सहयोग घोषणा गरेको हो ।
कोका कोलाले नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेर उक्त सहयोग गर्ने जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, कोभिड—१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पु¥याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ । कोका—कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको छ ।
नेपालमा कोका—कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ । यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु — पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो ।
कोका—कोलाले नेपालमा समुदायहरुलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका—कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।
कोका—कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भन्नुभयो, “ग्लोबल कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।”