अाफ्नाे पीडा वेवास्ता गर्दै लाेक दाहालले युराेपका नेपालीलाई बाँडे ७ हजार मास्क

मूलखबर संवाददाता
बेल्जियम, ४ बैसाख

उनले व्यक्तिगत खर्चमा ३ हजार १ सय युरो खर्च गरेर सिधैं चीनबाट बेल्जियममा मास्क झिकाएका थिए। एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले अप्रिल १४ तारिखमा मास्कहरु ब्रसेल्स आइपुगेको भएपनि चेकजाँच र सोधपुछपछि भर्खर प्राप्त भएको बताए । उनले भने, ‘यस प्रक्रियामा बेल्जियमको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठूलो सहयोग मिल्यो। मुख्यत: नेपाली समुदायका लागि बितरण गर्ने भनी ईमेल पठाएपछि मात्र हामीलाई प्राप्त भएको छ।’