बेपत्ताको १८ वर्षमा पुर्णलाई सम्झँदै सावित्राले लेखिन् यस्ताे भावुक पत्र

मूलखबर संवाददाता
काठमाडौं

अाज बैसाख १३ गते । अाज भन्दा १८ वर्ष पहिले माअाेवादीमा अास्था राखेका कारण विना पुर्जि गिरफ्तार गरि तत्कालीन राज्य पक्षले विद्यार्थी महासचिव पुर्ण पाैडेललगायतलाई हाल सम्म वेपत्ता बनाईरहेकाे छ ।

माअाेवादी जनयुद्ध र शान्ति प्रक्रियामार्फत सत्ताकाे बागडाेर समातिसक्दा पनि हाल सम्म पुर्णलगायत १३ सय बढिकाे यथार्थ स्थिति सार्वजनिक हुन नसक्दा वेपत्ता परिवारहरू झन पीडित र अाक्राेशित बनिरहेका छन् । यसै सन्दर्भमा वेपत्ता विद्यार्थी नेता पुर्ण पाैडेलकी जिवनसंगिनि सावित्रा दुराले असाध्यै भावुक र विचाराेत्ततेजक पत्र लेखेकि छिन् । हेराै उनले फेसबुकमार्फत प्रेसित गरेकाे उक्त पत्र –

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तात्कालिन केन्द्रिय महासचिव , हामी सबैको प्यारो मान्छे पुर्ण पौडेल (क बिश्वास )लाई राज्यले बेपत्ता बनाएको पनि १८ बर्ष पुगेको छ। कि लास कि सास देखाउ भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो। आमा मोति माया लागएत परिवारको छोरा आउने आशमा बर्सौ बितिसकेकोछ। बिछोडको जलन कस्तो हुन्छ? जल्नेहरुलाई थाहा हुनेरहेछ। हजारौं आमाहरुको आँखा अहिले पनि ओभाना छैनन्।

तपाईं लगाएत सम्पुर्ण सहिद र बेपत्ता योद्धाहरुको सपना अधुरै छन् । बैचारिक स्खलन यति डरलाग्दो बिषय रहेछ कि जुन त्याग,समर्पण र बलिदानले आज उनीहरु यो स्थानमा छन् उनीहरुले नै यो मुद्दालाई ओझेल र बद्नाम बनाइरहेका छन। सहिद ,बेपत्ता र घाइते योद्धाको सम्मान राज्यले दिनु त कता हो कता आफ्नै पार्टीको साझा मुद्दा बनाउन नसक्ने गरि बलिदानको मुल्यलाई रछ्यानमा मिल्काइदिँदा रहेछन्। सर्वहाराबर्गका नेता दलाल पुँजीवादसँग आत्मसमर्पण गरेर श्रमजीवी बर्गलाई नै कसरी लात हान्दोरहेछ भन्ने भद्दा नमुना नेपालमा हामीले भोगिरहेका छौ। बलिदानको मुल्यलाई आशु र भावनामा मात्र होइन सोच,चिन्तन र बिचारमा खोजिनुपर्छ। प्रतिक्रान्तिको जवाफ आशुले होइन क्रान्तिले दिनेगरि सोच्नुपर्छ ।
corona को महामारीले देश lockdown मा छ। महाबिपत्ती र मानवीय संकटको बेला पनि लुट्ने दलाल ब्यबस्थाको बिश्वब्यापी चरित्र हो। यसले अरुको घर भत्काएर आफ्नो महल ठड्याउन खोज्छ। जुन अहिले पल पलमा देखिएको छ। तीन करोड जनतालाई भित्र राखेर आफू लुट्न बाहिर बस्छ। न्यायको आवाजलाई बन्दुकले दबाउँछ। जुन नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धले सहजै बुझ्नसकिन्छ। यस्तो संकटमा बन्दिहरुलाई छाडनुपर्नेमा बिरामी कमरेडहरुलाई पनि गिरफ्तार गर्न छाडेको छैन। यो सरकारसँग थोरै मानवीय समबेदना पनि छैन। दमनले न्यायको आन्दोलन कमजोर हुदैन भन्ने इतिहास हाम्रो साक्षी छ। दमनले कमजोर हुने होइन सुदृढ र मजबुत हुँदै जानुपर्छ । नेतृत्वले बिचैमा धोखा दियो भनेर निरास होइन हाम्रा आफन्तले छाडेर गएको हाम्रो मुक्तिको झन्डालाई माथी उठाउने पार्टी र बिचारलाई साथ दिनसक्नुपर्छ।

पुर्ण ! तपाईंको जिबनसाथी हुनुमा मलाई गर्व छ। तपाईंसंगको सहकार्य लामो हुनसकेन। जति भयो अमिट रहयो। तपाईंको दृढता, कला क्षमता, साहस, त्याग, समर्पण र बलिदानको अमुल्य योगदानको अगाडि पार्टी र जनताप्रति मैले गरेको योगदान फिक्का नै छ।तर पनि तपाई जस्तो महान बन्ने बाटोमा निरन्तर लागिरहेको छु। हरेक दुख र अफ्ट्यारोमा तपाईलाई सम्झिरहन्छु। तपाईं लगाएत हजारौं योद्धाहरुले देखेको सपना पुरा गर्न अफ्ट्यारो तर सम्भव बाटोमा लागिरहेको छु। तपाईं हाम्रो भौतिक भेट के हुन्छ ? तर बिचार र भावनामा सधैं तपाईंको साथमा छु र रहनेछु।। we all are always missing u purna….